सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा मोटर तथा शुद्ध खानेपानी जडान

मिति: २०२५-०८-०५ , समय : २१:५६:३२ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
तराई मधेसमा लामो समयदेखि खडेरीको बेला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको तीन वटा वडामा रहेका कृषक समूहलाई सिंचाइका लागि बोरिङ तथा मोटर वितरण गरिएको छ।
संयुक्त राष्ट्रसंघीय संस्था फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन( एफएओ)को सहयोगमा मंगलबार नगरपालिकाका १, ३ र ७ नम्बर वडामा मोटर वितरण गरिएको छ। यी तीन वडाका २० वटा कृषक समूह मध्ये ४० जना कृषकलाई मोटर र पाइप हस्तान्तरण गरिएको हो।
मोटर वितरण गर्दै नगर प्रमुख विरेन्द्र माझीले कृषकलाई लामो समयदेखि खडेरीको समयमा मोटर आवश्यक भएकाले यसले किसानलाई केही हदसम्म मदत पुग्ने बताउनु भयो । कृषिलाई थप सबल बनाउन कृषकलाई अझ सहयोग आवश्यक रहेको बताउनु भयो ।
मोटर पाएपछि कृषक महिलाहरू खुसी देखिएका छ भने यसले खडेरीको समयमा धानबाली तथा अन्य समयमा समेत बालीहरुमा सिंचाई गर्न सुविधा हुने बताएको छ ।
त्यस्तै नगरप्रमुख विरेन्द्र माझीले विपि स्मारक मावि भारदह र कंकालिनी मावि पोर्ताहामा आरोसहित खानेपानीको उद्घाटन गरेका छन । आरोसहित खानेपानीको जडानले विद्यालयमा अध्ययनरत विद्यार्थीरूले शुद्ध खानेपानी खाने सुविधा पाउने उहाँले बताउन् भयो । आइरनयुक्त पानी टयुवेलबाट आउने गरेकोले विद्यार्थीको स्वास्थ्यमा पर्ने गरेको गम्भीर असरलाई ध्यान दिँदै आरो जडान गरिएको नगरप्रमुख माझीले बताउनु भयो ।

प्रकाशित मिति: २०२५-०८-०५ , समय : २१:५६:३२ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित