सुनसरीको सीमावर्ती क्षेत्रमा नक्कली नोटसहित सप्तरीका दुई जना युवक पक्राउ, गिरोह संलग्नताको आशंका

मिति: २०२५-०८-०६ , समय : १२:३८:४३ , रबि शर्मा

फायल तस्बिर

रबि शर्मा

हनुमाननगर ।
सुनसरीको भारतसँग सटेको क्षेत्रमा प्रहरीले ठूलो मात्रामा नक्कली नेपाली नोटसहित सप्तरीका दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा न.२ का २६ वर्षीय राजेशकुमार रजक र वडा नम्बर–१ का २५ वर्षीय राजेश चमार रजक छन्। उनीहरू मंगलबार साँझ लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट एक हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट फेला परेका हुन्।
हाल दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रहरीले उनीहरू नक्कली नोटको कारोबारमा संलग्न organized गिरोहसँग आवद्ध हुनसक्ने भन्दै अनुसन्धानलाई गहिराइमा पु-याएको छ।
यसअघि पनि सुनसरी क्षेत्रमा पटक–पटक नक्कली नोट बरामद हुँदै आए पनि कारोबारमा संलग्न मुख्य समूहसम्म प्रहरी नपुगेको भन्दै आलोचना हुँदै आएको थियो।
ताजा घटनाले पुनः सुरक्षा व्यवस्थाको कमजोरी र संगठित अपराध नियन्त्रणप्रति प्रहरीको क्षमतामाथि प्रश्न उठाएको छ।

प्रकाशित मिति: २०२५-०८-०६ , समय : १२:३८:४३ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित