मधेस प्रदेशको धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच दाेहराे झडप
मिति: २०२५-०८-०७ , समय : ०७:४४:३३ , गामघर डेस्क
मिति: २०२५-०८-०७ , समय : ०७:४४:३३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको धनुषाको विदेह नगरपालिका २ दुहवीको आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ ।
भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा गएराति झडप भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले चार राउन्ड हवाई फायर गरेको उहाँले जानकारी दिनुभयो ।
झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाइकल र केही किराना सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २०२५-०८-०७ , समय : ०७:४४:३३ , 2 hours अगाडि