सप्तरीमा सवारी दुर्घटनामा एक जना युवकको मृत्यु, दुई जना गम्भीर घाइते
मिति: २०२५-०८-११ , समय : १४:४४:०६ , गामघर डेस्क
मिति: २०२५-०८-११ , समय : १४:४४:०६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा सवारी दुर्घटनामा परी एक जना युवकको मृत्यु,भएकाृ छ भने दुई जना गम्भीर घाइते भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका ८ पोखरियास्थित भित्री सडक खण्डमा पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पु रिक्सा र बिपरित दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तत्काल नामथर वतन खुल्न नसकेको मोटरसाइकल चालक २५ बर्षिय पुरुषको मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
सो धटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २५ बर्षिय पुरुषको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याएको केहि बेरमा इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
सोही दुर्घटनामा टेम्पु चालक शम्भुनाथ नगरपालिका ८ पोखरिया का ४५ बर्षीय मणिलाल मण्डल र उहाँकी ४० बर्षिया पत्नी आशा देवी मण्डल घाइते भएकी छन् । यता घाइते मण्डल दम्पतिको कल्याणपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०८-११ , समय : १४:४४:०६ , 1 day अगाडि