मुलुकमै प्रसिद्ध छिन्नमस्ता भगवती पुग्ने सडक हिलाेमय : सडक निर्माणको माग गर्दै पदयात्रा
मिति: २०२५-०८-११ , समय : १४:५७:५७ , देबराम यादब
मिति: २०२५-०८-११ , समय : १४:५७:५७ , देबराम यादब
देबराम यादब
राजविराज ।
सप्तरीको राजविराज–सखडा– गोविन्दपुरसम्म्को सडक निर्माणको माग गर्दै स्थानियबासीद्वारा सोमबार पदयात्रा गरिएको छ । नेकपा माओवादीका नेता एवम् पूर्व सिंचाई मन्त्री उमेशकुमार यादवको नेतृत्वमा ठेकेदार कम्पनीले अलपत्र छोडेका सडक निर्माणको लागी दवाव सिर्जना गर्ने उदेश्य पदयात्रा निकालिएको हो ।
पूर्वमन्त्री यादवको नेतृत्वमा सखडाबाट निकालिएको पदयात्रा विसनपुर चौक पुगेर समापन गरिएको थियो । ‘राजविराज– सखडा– गोविन्दपुरसम्मको सडक अविलम्ब निर्माण गर, सुशासन कायम गर, कुशासन बन्द गर, सुशासन हेर्ने सखडा आउ’ भन्ने विभिन्न नारा लगाउँदै पदयात्रा निकालिएको थियो ।
समय सडक जर्जरको साथै खाल्डा खुल्डी अबस्थामा हुँदा समेत ठेकेदार कम्पनिले निर्माण कार्य कछुवा गतिमा कार्य भइरहेकोले दवाव श्रृर्जना गर्ने उदेश्यले पदयात्रा गरिएको पूर्वमन्त्री यादवले सञ्चारकर्मीलाई बताउनु भयो । उहाँले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत दिनु भयो ।
सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।बाटो बिग्रिएका कारण १० किलोमिटर यात्रा तय गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानियबासी बताउँछन ।
राजविराज–छिन्नमस्ता–नेउर बोर्डर सडकखण्ड निर्माण कार्यको शिलान्यास २०७८ चैतमा गरिएको थियो । उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले रु २५ करोड ८८ लाखमा साह इन्जिनियरिङ प्रालि शम्भुनाथ सप्तरीलाई ठेक्का दिएको हो । सडक निर्माण गर्न २०७९ असारमा निमार्ण कम्पनी र सडक डिभिजन कार्यालयबीच सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कार्य गत असारमा सक्नुपर्ने थियो । उक्त सडक अब २०८२ असारसम्ममा निर्माण गरिसक्नुपर्ने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी अश्विनी यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-०८-११ , समय : १४:५७:५७ , 1 day अगाडि