अनिल झाले गरे सद्भावना पार्टी पुनर्गठन : निर्वाचन आयोगले दियो मान्यता
मिति: २०२५-०८-१४ , समय : १८:१२:२० , गामघर डेस्क
मिति: २०२५-०८-१४ , समय : १८:१२:२० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेका हुन् ।उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ ।मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय थियो ।
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानीमन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।उनी पुन: लोसपा छाडेर सद्भावना पार्टीमा सक्रिय भएका हुन् ।
प्रकाशित मिति: २०२५-०८-१४ , समय : १८:१२:२० , 1 day अगाडि