असुरक्षित बन्दै मधेस प्रदेश : सर्लाहीको हरिपुरवामा गोली प्रहार गरी एक शिक्षकको हत्या
मिति: २०२५-०८-१५ , समय : २३:०२:३७ , गामघर डेस्क
मिति: २०२५-०८-१५ , समय : २३:०२:३७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशमा जनमत पार्टीका मुख्यमन्त्री भएपछि मधेस प्रदेशमा हत्याकमे घटनाक्रम बढदै गएको छ । साेहि क्रममा पछिल्लोपटक सप्तरीमा एक जना युवाकाे प्रहरीले गाेलि हानि हत्या गरेको घटना नसेलाउदै मधेस प्रदेशको सर्लाहीको हरिपुरवामा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ।
हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ४० वर्षीय रामपुकार यादवको हत्या भएको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार राति साढे ८ बजेतिर घर अगाडि उनीमाथि अज्ञात समूहबाट गोली प्रहार भएको थियो ।
उनलाई उपचारको लागि महोत्तरीको रामगोपालपुर स्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा ८: ४० बजे उनको बाटो मै मृत्यु भएको डिएसपी राईले बताए ।
डिएसपी राईका अनुसार मोटरसाइकलमा आएका हतियारधारीले उनीमाथि गोली प्रहार गरेर भाग्ने क्रममा दुर्घटनामा परेको बुझिएको छ । तर यथार्थ हो कि होइन भन्ने बुझ्ने प्रयास गरिरहेको उनको भनाइ छ।
यता हत्या भएका शिक्षक यादव एक निजी विद्यालयमा कार्यरत थिए ।
प्रकाशित मिति: २०२५-०८-१५ , समय : २३:०२:३७ , 5 hours अगाडि