सप्तरीमा पानीमा डुवेर एक ७२ बर्षिया बृद्वाको मृत्यु
मिति: २०२५-०८-१८ , समय : १९:३०:३५ , गामघर डेस्क
मिति: २०२५-०८-१८ , समय : १९:३०:३५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा न.२ चाँदनी चौक स्थित खाल्डोमा डुवेर एक बृद्वाको मृत्यु भएको छ । स्थानीय सितापुर गाउँकी लालु सदाकी पत्नी बर्ष ७२ की सजनी सदाको खाल्डोमा डुवेर मृत्यु भएको हो ।
जर्मन पोखरी नजिक स्थानीय राजेन्द्र साहको खेतको खाल्डोमा जमेको पानीमा डुबेर सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली घटना स्थल पुग्दा सदा पानीमा डुबेको अवस्था मृत फेला परेको थियो । स्थानीय २ नम्बर वडाध्यक्ष पशुपतिप्रसाद चौधरीका अनुसार उनी सधै जर्मन पोखरी र नजिकै खेतको खाल्डाखुल्डीमा घोङ्गी टिप्ने क्रममा डुवेर सदाको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष चौधरीले बताएका छन् ।
स्थलगत मुचुल्कासहित कानूनी प्रक्रिया पुरा गरि मृतक सदाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-०८-१८ , समय : १९:३०:३५ , 2 hours अगाडि