महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ
मिति: २०२५-०८-२५ , समय : १५:२२:१९ , गामघर डेस्क
मिति: २०२५-०८-२५ , समय : १५:२२:१९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधेस प्रदेशको धनुषाको जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन् ।
प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । राइनविरुद्ध मानव बेचविखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन् । ‘प्रमाण सङ्कलनको काम भइरहेको छ’, प्रहरी नायब उपरीक्षक सिंहले भने । राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ ।
आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले उक्त घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको बताए । यता ‘आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरेको छ’, उनले भने ।
प्रकाशित मिति: २०२५-०८-२५ , समय : १५:२२:१९ , 6 hours अगाडि