सप्तरीमा लामो समयदेखि अलपत्र सडक–पुल निर्माणका लागी हस्ताक्षर अभियान
मिति: २०२५-०९-०१ , समय : १४:५२:५७ , गामघर डेस्क
मिति: २०२५-०९-०१ , समय : १४:५२:५७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा ठेक्का लागेको दर्जनौ सडक र पुल निर्माण कार्य लामो समयदेखि अलपत्र परेपछि सरकारलाई दबाब दिन सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट हस्ताक्षर अभियान सुरु गरिएको छ। अभियानको नेतृत्व नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशकुमार यादवले गरेका छन्।
यादवका अनुसार नेपाल सरकार र मधेश प्रदेश सरकारले ठेक्का लगाएका ठेकेदार कम्पनी र सम्बन्धित निकायको उदासिनताले काम अघि बढ्न नसकेको कारण दवावको रुपमा हस्ताक्षर अभियान सुरु गरिएको सञ्चारकर्मीलाई बताउनु भएको छ । ठेकेदार कम्पनीले काम शुरु गरेर अलपत्र छाडेको कारण सर्वसाधारण वर्षौंदेखि सास्ती ब्यहोरीरहेकोले प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन अभियान सुरु गरिएको बताउानुहुन्छ ।
साङ्केतिक आन्दोलन स्वरूप एक सातासम्म हस्ताक्षर सङ्कलन गरिने र त्यसपछि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा प्रदेश मुख्यमन्त्रीलाई बुझाइने यादवले जानकारी दिनु भयो ।
उहाँका अनुसार, निर्माणमा ढिलाइ हुनुमा नेपाल सरकारको मधेसप्रति रहेको हेपाहा प्रवृत्ति र मधेश प्रदेश सरकारको नाफाघाटामुखी कार्यशैली दुवै जिम्मेवार रहेकोले जनस्तरबाटै दबाब सिर्जना गर्न यो अभियान थालेको बताउनु भयो ।
यता यादवले सरकार र सम्बन्धित निकायले अझै गम्भीरता नदेखाए थप संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिनु भयो ।
प्रकाशित मिति: २०२५-०९-०१ , समय : १४:५२:५७ , 7 hours अगाडि