प्रतिशोध साध्ने मनशाय लिएर अगाडि नबढन राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोकाे आग्रह

मिति: २०२५-०९-०४ , समय : २०:५६:४१ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले ओली नेतृत्वको सरकार प्रतिशोध साध्ने मनशाय लिएर अगाडि बढिरहेकोले यसको कडा प्रतिकार गर्नुपर्ने बताएका छन् । राष्ट्रिय मुक्ति पार्टी सप्तरीद्वारा राजविराजमा बिहिवार पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष महतोले भूमि विधेयकमा सरकारलाई समर्थन नगरेकोले उपेन्द्र यादवलाई सरकारले फँसाउने खोजेको आरोप लगाउनु भयो ।
उहाँले गौर घटनाको निष्पक्ष छानबिन भए कुनै आपत्ति हुदैन, जसलाई निसाना बनाउन खोजिएको छ, उपेन्द्र यादव आफैले पनि भनिनै राखेको छ छानबिन निष्पक्ष संग गर, पूर्वाग्रह राखेर हैन,बदलाको भावना नलेउ बताउनु भयो ।
‘भूमि विधेयक समर्थन नगरेकोमा कसैलाई फँसाई दिने त्यो धन्दा नगर, निष्पक्ष ढंगवाट राजनितीका काम हो अनुसन्धान गर ।’ अध्यक्ष महतोले बताउनु भयो ।
अध्यक्ष महतोले गौर घटनाको विषयमा बनेको छानबिन समितिको प्रतिबेदन सार्वजनिक गरे दोषी आफै बाहिर आउने दाबी गर्नु भयो ।उहाँले गौरघटनामा मधेसी नेतामाथि बेइमानी भए कडा प्रतिकार गर्ने चेतावनी समेत दिनु भयो ।
संघीय लोकतान्त्रिक मोर्चा मिसन ०८४ सम्म रहने बताउनु हुदै उहाँले यही व्यानरबाट पहिचान र अधिकारको अन्तिम लडाई लड्ने बताउनु भयो । उहाँले गजेन्द्रनारायण सिंहले नै आदिवासी जनजाति, दलित, थारु मुश्लिमसहितका उत्पीडित समुदायसंग एकताको प्रयास जारी राखेको बताउनु भयो ।

प्रकाशित मिति: २०२५-०९-०४ , समय : २०:५६:४१ , 11 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित