सप्तरीको राजविराज कारागारमा आगो लगाई २०५ कैदी फरार : सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिए

मिति: २०२५-०९-१० , समय : १५:२३:५० , नविन यादव

तस्बिर : नवीन यादव / गामघर टिभि

नविन यादव

राजविराज ।
सप्तरी जिल्लास्थित राजविराज कारागारको A बल्कमा आज कैदीबन्दीहरूले आगो लगाई करिब २०५ जना कैदी फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनापछि नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले तत्काल उद्धार तथा नियन्त्रण अभियान सुरु गरेका छन्। हालसम्म फरार कैदीहरूमध्ये केहीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो।

प्रमुख योगीका अनुसार, A बल्कमा आगलागी भएपछि उत्पन्न अफरातफरीको मौका छोपेर कैदीहरूले कारागारबाट भाग्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीहरूको संयुक्त टोलीले नजिकका क्षेत्रहरूमा सघन चेकजाँच तथा खोजी कार्य जारी राखेको छ।

आगोलागीको कारणबारे हाल अनुसन्धान भइरहेको छ। यस घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ भने स्थानीय बासिन्दाहरूमा त्रासको वातावरण सिर्जना भएको छ।

सुरक्षा निकायहरूले सर्वसाधारणलाई सतर्क रहन र शंकास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेका छन्।

प्रकाशित मिति: २०२५-०९-१० , समय : १५:२३:५० , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित