सप्तरीको राजविराजमा कर्फ्युका कारण जनजीवन कष्टकर : खाद्यान्न अभावले मानवीय संकट
मिति: २०२५-०९-१२ , समय : १६:०२:३५ , नविन निर्भय यादव
मिति: २०२५-०९-१२ , समय : १६:०२:३५ , नविन निर्भय यादव
तस्बिर : नविन निर्भय यादव / राजविराज
नविन निर्भय यादव
राजविराज ।
सप्तरीको जिल्ला सदरमुकाम राजविराजमा जारी कर्फ्युका कारण आम नागरिकको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ। कर्फ्यु आज चाेथाे दिनसम्म पनि पूर्णरूपमा जारी रहँदा सर्वसाधारण नागरिकहरू खाद्यान्न र आवश्यक उपभोग्य सामग्रीको अभावमा परेका छन्।
स्थानीय प्रशासनले सार्वजनिक सुरक्षा र शान्ति सुरक्षालाई ध्यानमा राख्दै कर्फ्यु आदेश जारी गरेको भए पनि दैनिक उपभोगका सामानहरू किनमेल गर्न समेत पाउने अवस्था नरहेको जनगुनासो आएको छ।

केही समयका लागि कर्फ्यु खुकुलो पारिएको भए पनि अत्यन्त सीमित अवधिमा मात्र अनुमति दिइएको र त्यो समयमा पनि आवतजावतमा कडाइ गरिएको जनाइएको छ। यसले विशेष गरी वृद्ध, बालबालिका, बिरामी तथा दैनिक ज्यालादारीमा निर्भर जनताका लागि थप संकट उत्पन्न गराएको छ।
स्थानिय बासिन्दाहरूले प्रशासनसँग कम्तिमा खाद्यान्न, औषधि तथा अत्यावश्यक सेवाको लागि समय तोकी कर्फ्यु सहज बनाउन आग्रह गरेका छन्।
“दैनिक खाजा, तरकारी, चामल किन्ने समयसमेत नपाएर हामी भोकै बस्नुपरेको छ,” एक स्थानिय महिला बताउँछिन्, “कर्फ्यु सुरक्षा हो, तर खानै नपाउने अवस्था भयावह छ।”
प्रकाशित मिति: २०२५-०९-१२ , समय : १६:०२:३५ , 3 months अगाडि