सप्तरीको राजविराज कारागारबाट फरार ८२ जना कैदीबन्दी पक्राउ

मिति: २०२५-०९-१९ , समय : १२:४९:०१ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
राजविराज कारागार कार्यालय सप्तरीबाट फरार कैदीबन्दी मध्ये ८२ जनालाई हालसम्म प्रहरीले पक्राउ गरेको छ ।
भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी ३ सय ९७ कैदीमध्ये २ सय ५ जना फरार भएका थिए ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ भने झुम्का कारागार, सुनसरीबाट फरार भएका ६ जना र नख्खु कारागारवाट फरार २ जना कैदी समेत गरी हालसम्म ९० जना पक्राउ परेका छन् ।
अहिलेसम्म राजबिराज कारागारका १ सय २३ जना कैदी अझै फरार रहेका र उनीहरूको खोजी तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् ।
उहाँका अनुसार भारतको बिहार राज्यसँग जोडिएको विभिन्न नाकामा खोजी अभियानलाई थप सक्रिय बनाइएको छ । कारागारमा सुरक्षाको अबस्थालाई मध्यनजर गर्दै हाल कार्यालय वरिपरि कफ्र्युलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति: २०२५-०९-१९ , समय : १२:४९:०१ , 3 hours अगाडि