मधेस प्रदेश : सिरहामा अपहरणपछि एक बालककाे हत्या,हत्या आरोपमा ८ जना छिमेकी पक्राउ
मिति: २०२५-०९-२३ , समय : १४:४२:१२ , गामघर डेस्क
मिति: २०२५-०९-२३ , समय : १४:४२:१२ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । मधेस प्रदेशको सिराहामा बालकको अपहरण पछि हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । आज बिहान गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
बालकको शव घर नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले छरछिमेकी र आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । उद्यपी अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम भने गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव घरभन्दा केही पर आँप बगैंचामा फेला परेको हो । तिनदेखि बेपत्ता बालक अपहरणमा परेको भन्दै सोमबार बिहान परिवारलाई ५ करोड फिरौती रकम माग गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०९-२३ , समय : १४:४२:१२ , 1 day अगाडि