फ्लाेअप समाचार : सप्तरीको लाेखरमकाे मुसहर बस्तीमा फैलिएको झाडापखाला रोकथाम उन्मुख

मिति: २०२५-११-०५ , समय : १५:५२:४३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.५ लोखरम मुसहर टोलमा फैलिएको झाडापखाला रोकथामका लागि प्रयास भैरहेको छ । झाडापखाला रोकथाम उन्मुख रहेको छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाका प्रमुख दीपेन्द्र यादवका अनुसार झाडापखालाबाट प्रभावित ३२ जना मध्ये २६ जना निको भइसकेका छन् । ६ जनाको उपचार भैरहेकोमा अवस्था सुधारउन्मुख छ । झाडापखाला प्रभावितमध्ये ११ जनाको दिसाको नमुना परीक्षण गर्दा पाँच जनाको रिर्पोट पोजेटिभ आएको छ । त्यहाँ केहीदिन अघि एकै परिवारका तीन जनाले झाडापखालाका कारण ज्यान गुमाएका थिए ।

मुसहर बस्तीमा खानेपानी, शौचालय र सरसफाईको अवस्था भने कमजोर छ । धेरैजसो घरपरिवार खुला ठाउँमा शौच गर्छन् । खानेपानीका लागि एउटै चापाकलमा बस्तीका ५० घरधुरी आश्रित छन् । विपन्न यो बस्तीमा फोहोर व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको छ ।

प्रकाशित मिति: २०२५-११-०५ , समय : १५:५२:४३ , 4 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित