सप्तरीकाे राजविराज नगरपालिकामा वडाध्यक्षको सिफारिस उल्टाउँदै निमित्त वडाध्यक्ष
मिति: २०२५-११-१४ , समय : २१:५९:४५ , गामघर डेस्क
मिति: २०२५-११-१४ , समय : २१:५९:४५ , गामघर डेस्क
पत्रकार सम्मेलनमा बोल्दै जग्गाधनी शैलेश दास र भाई निलेश...तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज नगरपालिका वडा न.९ स्थित गढीयामा रहेको जग्गाको वडाध्यक्षले दिएको सिफारिस निमित्त वडाध्यक्षले उल्टाई दिएको छ । वडाध्यक्ष जबाहार यादवले पुनिता देवी दासको भोगचलन भनी सिफारिस गरेको जग्गा ७ महिना नवित्दै निमित्त वडाध्यक्ष चन्दर यादवले उल्टाएको हो ।
पूनिताको छोरा शैलेशकुमार दासले राजविराजमा विहीबार पत्रकार सम्मेलन गर्दै आमाको नाममा रहेको जग्गा विपक्षीको प्रभावमा परी विना आधार प्रमाण निमित्त वडाध्यक्षले सन्दिप कुमार दासको नाममा अर्को सिफारिस गरीएको बताउनु भयो ।
वडाध्यक्ष यादवले २०८२ वैशाख १७ गते स्थलगत सर्जमिन मुचुल्का उठाएर आमा पुनिताको भोगचलन भनी नापी कार्यालय सप्तरीलाई सिफारिस गरेको दासले बताउनु भयो । उहाँले वडाध्यक्ष उपचारको लागी भारत गएको मौकामा विपक्षीको आर्थिक प्रभाव र प्रलोभनमा परी विना प्रमाण निमित्त वडाध्यक्ष यादवले सोही जग्गा सन्दिप दासलाई २०८२ कार्तिक २४ गते नापी कार्यालयलाई भोगचलन सिफारिस गरेको भन्नुहुदै आपत्ति जनाउनु भयो ।
२००४ सालको नम्बरी २०२२ सालको फाँटबारी साविक मलेठ मौजे गढीया विषहरिया वडा नम्वर ६ को गाउँ ब्लक नम्वर १५ साविक कित्ता नम्बर क्रमशः ४१३ , ४१४, ४०६,३९८ र ३९९ सर्वे नापी भई हाल पूनिता देवी दासको नाउँमा रहेको कि. नं क्रमशः ७५३ को ००४१४.२० कि . नं ७५४ को ००७७९.६० कि नं ७५६ को ०१४९८.०० र कि नं ७६८ को ००२६६.०० वर्ग मीटर क्षेत्रफल रहेको जग्गामा निमित्त वडाध्यक्षले अनावाश्यक विवाद खडा गरेको शैलेशको आरोप छन ।
आमा पुनिताको नाममा २०२० असार १४ गते आआफ्नो अंशियार वीच अंश बन्डा भई २०२२ सालमा ७ नम्वर फाँटबारी गरी हालसम्म पनि एकलौटी हकभोग, भोगाचन गरेको जग्गा कुनै अरु अंशियारहरुको हकदावी नपुग्ने तथा भोग समेत नपुग्ने जग्गा काकाको छोरा सन्दिपको भनी सिफारिस गरेर निमित्त वडाध्यक्षले आफूहरु माथि अन्याय गरेको उहाँको आरोप छन ।
निमित्त वडाध्यक्षले विना सबूत प्रमाणले गरेको सिफारिस बदर गर्नुपर्ने तथा वडाध्यक्षले गरेको सिफारिसको आधारमा जग्गाको भोगचलन गर्नु पाउनु पर्ने दासले माग गर्नु भयो । आफूहरुमाथि ठूलो अन्याय भएको भन्नुहुदै उहाँले न्यायका लागि संचारकर्मीसहित सम्पूर्ण सरोकावाला निकायलाई सहयोग गरिदिन हुन आग्रह गर्नु भयो ।
निमित्त वडाध्यक्ष यादवले सबूत प्रमाण विना नै सन्दिपको नाउँमा भोगचनको सिफारिस दिनु भएको दावी गर्नु भयो । विपक्षीको आर्थिक प्रभावमा पारेको भनी आफूमाथि लगाएको आरोप निराधार रहेको बताउनुहुदै उहाँले २००४ सालको नम्बरी र ७ नम्वर फाँटबारीको कागज पत्रको आधार भोगचलन सिफारिस नापी कार्यालयलाई दिएको बताउनु भयो ।
प्रकाशित मिति: २०२५-११-१४ , समय : २१:५९:४५ , 2 weeks अगाडि