सप्तरीमा महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक सहित १ सय ११ जनाको अबस्था अझै अज्ञात
मिति: २०२५-१२-०९ , समय : २२:५५:२१ , एस.एन.यादव
मिति: २०२५-१२-०९ , समय : २२:५५:२१ , एस.एन.यादव
तस्बिर : गामघर टिभि / राजविराज
एस.एन.यादव
सप्तरी ।
सप्तरीमा १११ जनाको अबस्था अहिलेसम्म पनि अज्ञात रहेको प्रहरीले जारी गरेको तथ्याङ्कमा उल्लेख छन् । सप्तरी प्रहरीले जारी गरेको तथ्याङ्कमा विगत साढे ३ बर्षको अवधीमा १११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक हराएको हो ।
प्रहरीका अनुसार आर्थिक बर्ष २०७८/०७९, ०७९/०८०, २०८०/०८१ र चालू आ.ब. २०८२/०८३ मंसिरसम्म हराएका १११ जनाको अबस्था अज्ञात रहेको जनाएकाे छ ।
यसै गरी २०७८/०७९, ०७९/०८०, २०८०/०८१ को त्रिबर्षीय तथ्यांकमा ४२६ जनाको अबस्था अज्ञात रहेकोमा ३६१ जना फेलाको छ भने ६५ जनाको अबस्था अझै अज्ञात रहेका छन् । तीन बर्षमा ४६ जना बालकको अबस्था अज्ञात रहेकोमा ३९ जना भेटिएको र ७ जनाको अबस्था अज्ञात रहेका छन ।
यस्तै १५२ जना बालिकाको अबस्था अज्ञात रहेकोमा ११९ जना फेला परेको, २११ जना महिलाको अबस्था अज्ञात रहेकोेमा १९५ जना भेटिएको र ९ जना ज्येष्ठ नागरिकको अबस्था अज्ञात रहेकोमा ८ जना फेला परेको प्रहरीले जारी गरेको तथ्याङ्कमा उल्लेख छन् ।
यस्तै, चालू आ.ब. २०८२/०८३ को साउनदेखि मंसिरसम्म १३९ जनाको अबस्था अज्ञात रहेकोमा ८० जना फेला परेको र ४६ जनाको अबस्था अझै अज्ञात रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छन् ।
यस अवधीमा १० जना बालक हराउँदा ८ जना फेला परेको, ५२ जना बालिका हराउँदा ३२ जना भेटिएको, ६१ जना महिला हराउँदा ३१ जना फेला परेको, १४ जना पुरुष हराउँदा ८ जना फेला परेको र २ जना ज्येष्ठ नागरिक हराउँदा १ जना फेला परेको प्रहरीद्धारा जारी तथ्यांकमा उल्लेख छन ।
प्रकाशित मिति: २०२५-१२-०९ , समय : २२:५५:२१ , 1 hour अगाडि