जसपा नेपाल सिरहा–१ बाट उम्मेदवार सिफारिस : प्रत्यक्षतर्फ सत्य नारायण यादवसहित पाँच जनाको नाम सिफारिस
मिति: २०२५-१२-१६ , समय : १८:३२:४३ , सियाराम यादव
मिति: २०२५-१२-१६ , समय : १८:३२:४३ , सियाराम यादव
तस्बिर : सियाराम यादव / गामघर टिभि
सियाराम यादव
लहान ।
संघीय निर्वाचनको मिति नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित क्षेत्रीय कार्यकर्ता भेलाले उम्मेदवार सिफारिससम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।
सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद मूल नाराका साथ जनता समाजवादी पार्टी नेपाल निर्वाचन क्षेत्र नं.-१ सिरहाको क्षेत्रीय कार्यकर्ता भेला गोपाल सेवा सदन, लहानमा सुरु भएको थियो।

जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा–१ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया सम्पन्न भएको छ। प्रत्यक्षतर्फ सत्य नारायण यादवलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने समानुपातिकतर्फ पार्टीले राजलाल यादव, खडक नारायण चौधरी, जितेन्द्र प्रकाश महतो, भोला प्रसाद चौधरी र ललिता कुमारी यादवको नाम सिफारिस गरेको छ।
सिफारिस गरिएको सूची पार्टीलाई पठाइएको छ र स्थानीय संगठन तथा जनसमर्थनका आधारमा उम्मेदवार छनोट गरिएको बताइएको छ।
प्रकाशित मिति: २०२५-१२-१६ , समय : १८:३२:४३ , 9 hours अगाडि