करदाता सेवा कार्यालयले यथावत सेवा प्रवाह गर्ने लगायत विभिन्न तीन बुँदे सहमतिपछि सप्तरीमा जारी रिले अनशन स्थगित
मिति: २०२५-१२-१८ , समय : २१:३३:५८ , गामघर डेस्क
मिति: २०२५-१२-१८ , समय : २१:३३:५८ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीद्वारा जारी रिले अनशन स्थगित भएको छ । अर्थमन्त्रालयको प्रतिनिधि र संघर्ष समिति वीच बुधबार भएको तीन बुँदे सहमति पछि रिले अनशनसहितका सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको सभाहलमा भएको दुईपक्षीय बार्तामा सप्तरीबासी तथा अनशनरत पक्षको माग बमोजिम अर्थ मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्नको लागि आन्तरिक राजस्व बिभाग मार्फत नेपाल सरकार अर्थ मन्त्रालयलाई अनुरोध गर्ने, करदाता सेवा कार्यालय राजविराजबाट प्रवाह हुँदै आएको सेवाको बैकल्पिक सेवा प्रवाह गर्ने निकायको क्षमता विकास नहुन्जेल र सहज नभएसम्म करदाता सेवा कार्यालय राजविराजले यथावत सेवा प्रवाह गर्ने, छ दिन देखि भइरहेको रिले अनशन तथा आन्दोलन स्थगित गर्ने सहमति भएको संघर्ष समितिका संयोजक मोहन यादवले जानकारी दिनुभयो ।
उहाँले सहमति पछि विगत ९ दिनदेखि संघर्ष समितिको जारी आन्दोलन स्थगित गरिएको बताउनुभयो ।
प्रकाशित मिति: २०२५-१२-१८ , समय : २१:३३:५८ , 14 hours अगाडि