सप्तरीबाट हराएका चार जना बालबालिका फेला
मिति: २०२५-१२-२२ , समय : १६:४९:१३ , गामघर डेस्क
मिति: २०२५-१२-२२ , समय : १६:४९:१३ , गामघर डेस्क
तस्बिर : जिल्ला प्रहरी कार्यालय सप्तरी
गामघर डेस्क
सप्तरी ।
सप्तरीको तिरहुत गाउँपालिका वडा न.३ गोईठी टोलबाट हराएका चार जना बालबालिका सकुशल फेला परेका छन्।
पुस ६ गते दिउँसो करिब ४ बजे सोही टोलमा बसोबास गर्ने बिरेन्द्र सरदारकी ७ वर्षीया छोरी सृष्टी कुमारी सरदार, चन्दर सरदारकी करिब ७ वर्षीया छोरी बर्षा कुमारी सरदार, रामचन्द्र सरदारकी करिब ८ वर्षीया छोरी आरोसी सरदार र उनका करिब ६ वर्षीया छोरा कृष्ण सरदार गरी चार जना बालबालिका हराएको थियो । उहाँहरूलाई सप्तरी प्रहरीले सकुशल फेला गरि परिवारलाई जिम्मा लगाइएको सप्तरी प्रहरीले जनाएको छ ।
बालबालिका लामो समयसम्म घर नफर्किएपछि अभिभावक तथा आफन्तले गाउँघर, नातागोता र सम्भावित स्थानहरूमा खोजतलास गरेका थिए। खोजतलासका क्रममा उहाँहरू फुफुको घर हनुमाननगर, सप्तरीतर्फ जान्छु भनी हिँडेको बुझिएपछि बिरेन्द्र सरदारलगायतले इलाका प्रहरी कार्यालय भारदह, सप्तरीमा मौखिक जानकारी गराएका थिए।
जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजतलास अभियान सुरु गरेको थियो। सोही क्रममा सोमबार उक्त चारै जना बालबालिका भारदहबाट कोशी ब्यारेजतर्फ पैदल जाँदै गरेको अवस्थामा कोशी पुलछेउबाट फेला परेको जिल्ला प्रहरी बार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-१२-२२ , समय : १६:४९:१३ , 3 hours अगाडि