बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

मिति: २०२५-१२-२२ , समय : १९:४१:४६ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
बंगलादेशमा हिन्दु अल्पसंख्यक समुदायका ३० वर्षीय दिपु चन्द्र दासको हत्या गरिएको घटनाको विरोधमा विश्व हिन्दु परिषदले सोमवार राजविराजमा विरोध प्रदर्शन गरेको छ ।
विश्व हिन्दु परिषद राजविराजले स्थानीय शिव मन्दिरको प्रांगणबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रदर्शनका क्रममा सहभागीहरूले दिपु दासको हत्यामा संलग्न सबै दोषीलाई कानुनअनुसार कडा सजाय दिनुपर्ने, बंगलादेशमा हिन्दु अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति, धार्मिक स्वतन्त्रता तथा मठ–मन्दिरको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग ज्ञापन पत्रमा गरेका छन् ।
त्यसैगरी नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेश सरकारसँग औपचारिक कूटनीतिक विरोध जनाउनुपर्ने, पीडित परिवारलाई न्याय, क्षतिपूर्ति तथा राज्यस्तरीय सुरक्षा उपलब्ध गराउनुपर्ने मागसहित ९ बुँदे ज्ञापनपत्र बुझाइएको परिषदका जङ्गबहादुर सिंहले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२५-१२-२२ , समय : १९:४१:४६ , 2 hours अगाडि