केन्द्रीय कारागारबाट फरार मधेस प्रदेशका दुई जना कैदी पक्राउ
मिति: २०२५-१२-२४ , समय : २१:३५:१५ , गामघर डेस्क
मिति: २०२५-१२-२४ , समय : २१:३५:१५ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार दुई जना कैदीबन्दी पक्राउ परेका छन् ।भदौ २३ गते आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भई लुकीछिपी बस्दै आएका मधेस प्रदेशकाे बारा विश्रामपुर गाउँपालिका-५ बस्ने २५ वर्षका परदेशी भन्ने सुदामा पासवान पक्राउ परेका हुन् ।
कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेका पासवानलाई विशेष सूचनाको आधारमा सोमबार वीरगञ्ज महानगरपालिका १५ भिष्वाबाट पर्सा प्रहरीले पक्राउ गरेको थियो ।यस्तै बाराको परवानीपुर गाउँपालिका-२ बस्ने ३२ वर्षीय विवेकलाल शाह कानु पनि पक्राउ परेका छन् ।
भदौ २४ गते आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भई लुकिछिपी बसेका विवेकलाल वीरगञ्ज महानगरपालिका- ४ बिर्ता टोलबाट सोमबार पक्राउ परेका हुन् ।विवेकलाल बैंकिङ कसुर मुद्दामा ५० हजार धरौटी तिर्न नसकी उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कार्यालय कारागार कार्यालय सुन्धारा चलान भएका थिए ।हाल दुवै जनालाई वीरगन्ज कारागारमा लगेर बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-१२-२४ , समय : २१:३५:१५ , 2 hours अगाडि