सप्तरीको बोदे बर्साईनबाट मोबाइल चोरी गर्दा गर्दै एक जना रंगेहात पक्राउ
मिति: २०२५-१२-२६ , समय : ०८:१५:५६ , उमेश साह
मिति: २०२५-१२-२६ , समय : ०८:१५:५६ , उमेश साह
तस्बिर : चोरी गर्ने ब्यक्ती पक्राउ परेपछि ..
उमेश साह
बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन बजारमा मोबाइल चोर्दा चोर्दै एक जना युवक रंगेहात समातिएका छन् । चोरी सप्तरीको बोदे बर्साईन नगरपालिका वडा न.५ बजार स्थित देव जेनरल स्टोर पसलबाट एकै दिनमा छुट्टाछुट्टै समयमा लाखौंको मोबाइल चोरी गर्ने एक जना चोरलाई स्थानीयवासीले रंगेहात पक्राउ गरेको छ ।
चोरीको मोबाइलसहित पक्राउ पर्नेमा बोदे बर्साईन नगरपालिका -१ महनौरी बस्ने राम जतन यादवको छोरा सुमित कुमार यादव रहेको स्थानीयबासीले बताएका छन् ।
हाल सोधपुछ तथा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बोदे बर्साईन लगिएको प्रहरीले बताए ।
प्रकाशित मिति: २०२५-१२-२६ , समय : ०८:१५:५६ , 2 hours अगाडि