वडाअध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि बनौली टिमलाई
मिति: २०२६-०१-०५ , समय : २०:४१:०८ , उमेश साह
मिति: २०२६-०१-०५ , समय : २०:४१:०८ , उमेश साह
तस्बिर : उमेश कुमार साह
उमेश साह
बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका -९ देउरीमा जारी वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता देउरीले आयोजना गरेको ‘सिजन ६ वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता’को उपाधि बनौली टिमले प्राप्त गरेको को छ ।
आइतबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा बनौली क्रिकेट टिमले ८१ रनले स्तब्ध पार्दै स्थानीय हतैल टिमलाई पराजित गर्दै बनौली टिमले नगद राशि २५००० हजार र ट्रफीमाथि कब्जा जमाएको हो । यस्तै उपबिजेता टिमले नगद ११ हजार हात पारेको छ ।

उक्त खेलको उत्तरार्धमा बिनोदले आक्रामक ब्याटिङ गर्दै खेलको रूप नै बदलिदिए । उनले मात्र १०२ रन र २ विकेटले जोडेपछि टोली सम्मानजनक स्कोरमा पुगेको थियो ।
प्रतियोगितामा बनौली टिमका बिनोद म्यान अफ दी म्याच घोषित भए । बिजेता उपबिजेता लगायतलाई बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथि , नगर उप प्रमुख रेणु कुमारी साहको बिशिस्ट अतिथि , प्रमुख प्रशासकीय अधिकृत उप सचिब गजेन्द्र नाथ शर्मा , योजना शाखा प्रमुख घनश्याम यादव , शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख राम सागर यादव , लेखा प्रमुख सरोज कुमार मंडल , जिन्सी शाखा प्रमुख ललित नारायण मण्डल,वडा अध्यक्ष तपसी यातायात , युवा नेता कामेश्वर याद, पपु यादव , बरिस्ठ भाष्कार राजा यादव पत्रकार उमेश कुमार साह लगायतले बिजेता उपबिजेता सहित अन्यलाई पुरस्कार र ट्रफी वितरण गर्नुभयो ।
प्रकाशित मिति: २०२६-०१-०५ , समय : २०:४१:०८ , 1 week अगाडि