निर्वाचन विशेष : सप्तरी २ मा पूर्वमन्त्री उमेश यादव सबै उम्मेदवार भन्दा भारी

मिति: २०२६-०१-२८ , समय : ०७:५०:१० , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् जसपा नेपालका नेता पूर्व सिचाइ मन्त्री उमेश कुमार यादव अन्यको तुलनामा सशक्त बन्दै गएका छन् । मन्त्रीको जिम्मेवारीमा रहदा जिल्लाको विकासमा पु¥याएको योगदान तथा सैद्धान्तिक रुपमा दृढ छवि भएको भन्दै उहाँ जनताको पहिलो रोजाइमा परेका हुन् ।
उम्मेदवारी पछि जनतासंग भेटघाटमा व्यस्त पूर्व मन्त्री यादवलाई गाउँबस्तीमा शुभकामना दिदै सहयोग गर्ने विश्वास दिलाएका छन् । विकासप्रेमी प्रतिनिधिलाई पठाउन नसक्दा सप्तरीपछि परेको भन्दै यसबर्ष यस्तो गल्ती नदोहो¥याउने भन्दै यादवको पक्षमा जनलहर बढेको नागरिक समाजका अगुवा रामचन्द्र यादवले बताउनु भयो ।
सबैको दुखसुखमा साथ सहयोग गर्ने सालिन तथा भद्र नेताको पहिचान बनाएका यादवको जीत सुनिश्चित भएको उहाँले दावी गर्नु भयो । दिनप्रतिदिन यादवको पक्षमा माहोल बन्दै जाँदा सबै उम्मेदवारको तुलनामा सशक्त र सबैभन्दा भारी उम्मेदवार बन्न पुगेको उहाँको भनाइ छ ।
मन्त्री पदमा आसीन हुँदा जिल्लाका लागि गरेको योगदानको स्मरण गाउँदै पूर्वाधार विकास कार्यमा यादवले खेलेको भुमिका कसैले गर्न नसकेको २ नम्बर क्षेत्रबासीहरु बताउछन् । ‘बिक्रमसम्वत २०७० मा सप्तरी –३ का जनताले संविधानसभा सदस्यमा निर्वाचित गरेपछि उहाँले संविधानसभा र ब्यबस्थापिका – संसदमा आफ्नो क्षमताले भ्याएसम्मको भुमिका खेल्ने काम गरेका थिए। उहाँले राजबिराज सदरमुकामका सडकहरुको जिर्ण अवस्था ,भलुवाही नदि र खाडो नदिले पारिरहेको समस्याको समाधान गर्नु भएको बताउनु भयो । स्थानीयका अनुसार यादवले राजबिराज –कुनौली सडक र एयरपोर्ट सन्चालनका प्रक्रिया ,रिङ्ग रोडको अवधारणा सहित थुप्रै ग्रामीण सडकहरु,बिधालयको भौतिक पुर्वाधार एवम् दलित छात्राबास भवनको निर्माणकार्य अगाडि बढाएकोले यादवप्रतिको सद्भाव बढेको हो ।
‘समृद्धतराई मधेस सिचाइ बिकास विशेष कार्यक्रम ,तराइ मधेस बाढी ब्यबस्थापन कार्यक्रम ,तराई मधेसको सदरमुकाम बचाउ कार्यक्रम ,लगायत थुप्रै नयाँ कार्यक्रम यादव पदमा हुँदा प्रारम्भ गरेको इतिहास साक्षी रहेको स्थानीय बताउँछन् ।
यादव जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। यादवसंगै सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत, स्वाभिमान पार्टीबाट मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह,रास्वपाका रामजी यादव, नेपाली कम्युनिस्ट पार्टीका सुर्यनाथ यादव, नेपाल काँग्रेसका राम कुमार यादव, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी मुख्य प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: २०२६-०१-२८ , समय : ०७:५०:१० , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित