सप्तरीमा आचारसंहिता उल्लंघनको घटनामा बृद्धि : २४ घण्टै अल्टिमेटम,नहटाए कार्वाहीको चेतावनी

मिति: २०२६-०१-३० , समय : ०८:५७:०८ , एस.एन. यादव

तस्बिर : एस.एन. यादव / गामघर टिभि

एस.एन. यादव

सप्तरी ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रमुख उदेश्यले क्षेत्र न. १ मा आचारसंहिता उललधन गर्ने उम्मेदवार तथा राजनितीक दलहरुलाई निर्वाचन कार्यालउले विहिवार २४ घण्टै अल्टिमेटम दिएको छ ।
निर्वाचन अधिकृतका कार्यालय कञ्चनपुरले निर्वाचन क्षेत्र–१ का निर्वाचन अधिकृत जानकी रमण यादवको अध्यक्षतामा बसेको आचारसंहिता पालना सम्बन्धी बैठकमा यस क्षेत्रका उम्मेदवार,सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थितीमा सो निर्णय गरेको हो । सञ्चारकर्मी तथा सरोकारबालाहरुबाट प्राप्त गुनासोलाई मध्यनजर गर्दै निर्वाचन क्षेत्र–१ भित्र निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पर्चा,पोष्टर,पम्पलेट,भित्तेलेखन,तुल,ब्यानर,फलेक्स लगायतका प्रचार सामग्री सम्बन्धित राजनितिक दल वा उम्मेदवारहरुले स्वयम हटाउने सहमति गरिएकोजनाएको छ । यस्तै सवारी साधानमा निर्वाचन आचारसंहिता विपरीत पर्चा, पोष्टर, पम्पलेट, भित्तेलेखन, तुल,ब्यानर,फलेक्स लगायतका सामग्री राखिएको वा टाँसिएको पाइएमा सुरक्षा निकायले निगरानी गरी हटाउन लगाउने निर्णय गरिएको छ । निर्वाचन कार्यालयले यस्ता सामग्री हटाउन २४ धण्टाको समय सीमा दिएको छ । शुक्रवारसम्म नहटाए सम्बन्धित उम्मेदवार तथा दल माथी कानुन अनुसार कारवाही प्रक्रिया अधि बढाउने चेतावनी समेत दिइएको छ । निर्णय कार्यान्वयनका लागी उम्मेदवार,उम्मेदवारका प्रतिनिधी तथा राजनितिक दलका प्रतिनिधीहरुले लिखित सहमति गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि १८ गतेसम्म निर्वाचन आचारसंहिता लागू गरेको छ । तर केही उम्मेदवार तथा दलका नेता–कार्यकर्ताले सरकारी भवन, विद्यालय, स्मारक, सडकका पोल तथा अन्य सार्वजनिक स्थानमा प्रचार सामग्री राख्दै आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ ।
निर्वाचन आचारसंहितामा फागुन ४ देखि १८ गतेसम्म मात्र प्रचारप्रसार सामग्री झुण्डयाउन सकिने उल्लेख रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२६-०१-३० , समय : ०८:५७:०८ , 7 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित