प्रधानमन्त्री कप प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सप्तरीको दोस्रो विजयी

मिति: २०२६-०२-०८ , समय : २२:२८:१८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको राजविराजमा सञ्चालीत प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) तर्फ सप्तरीले लगातार दोस्रो जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा महोत्तरीलाई ३ विकेटले पराजित गर्दै सप्तरी लगातार दोश्रो जीत हाँसील गरेको हो । सप्तरी क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा टस जितेर सप्तरीले पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित ५० ओभर खेल्न नसक्दै ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनको प्रतिस्पर्धात्मक योगफल खडा ग¥यो।
महोत्तरीका लागि नवीन कुमार यादवले सर्वाधिक ३९ रनको योगदान दिए भने अभिषेक अधिकारीले ३२ रन बनाएकाथिए । त्यसैगरी अभिषेक तिवाडीले २१ रन र आदित्य मण्डलले ११ रन जोड्दा अन्य ब्याट्सम्यानहरू उल्लेखनीय प्रदर्शन गर्न असफल रहेको छ । सप्तरीको कसिलो बलिङका कारण महोत्तरीका ब्याट्सम्यानहरू निरन्तर दबाबमा परेका थिए।
बलिङतर्फ सप्तरीका अभिषेक कार्की सर्वाधिक प्रभावशाली देखिए थिए । उहाँले ३ विकेट लिँदै महोत्तरीको मध्यक्रम ध्वस्त पारे। नितेश यादव र अजय यादवले समान २–२ विकेट लिएर टिमलाई लक्ष्य सीमित राख्न महत्वपूर्ण भूमिका खेले।का छन ।
१ सय ६६ रनको लक्ष्य पछ्याएको सप्तरीले ३८ ओभर २ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो। सप्तरीको जितमा भोला साहले ३० रनको महत्वपूर्ण पारी खेले भने पप्पु यादव (बि) ले २९ रन जोडे। रोहन बिकले २६ रन बनाउँदा अभिषेक कार्कीले ब्याटिङतर्फ पनि २३ रनको योगदान दिए। रोबिन सिंहले १८ रन बनाएका थिए ।
महोत्तरीका लागि बलिङतर्फ रमेश सहनीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। नितेश यादवले २ विकेट लिँदा आकाश मण्डलले १ विकेट हात पारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको उत्कृष्ट प्रदर्शनका आधारमा सप्तरीका अभिषेक कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भएका दछन । उहाँलाई सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र यादवले नगद १ हजार ५ सय रुपैयाँसहित कप प्रदान गरेका थिए।

प्रकाशित मिति: २०२६-०२-०८ , समय : २२:२८:१८ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित