मधेस प्रदेश : ३ वटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु , २ जना गम्भीर घाइते

मिति: २०२६-०२-१९ , समय : १४:२४:०२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । मधेस प्रदेशको सर्लाहीको ईश्वरपुर नगरपालिकाको खिलामा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

गएराति भारतमा दर्ता भएका मोटरसाइकल एकाआपसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।

त्यही ठाउँका विक्रम राय र रामविश्वास राय घाइते भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-१९ , समय : १४:२४:०२ , 2 months अगाडि