मधेस प्रदेश : टिपरको ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु

मिति: २०२६-०२-२४ , समय : ०७:१५:४२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो ।उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन्। आज बिहान भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी महतोलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए । महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ । घटनापछि ठक्कर दिने टिपर र त्यसका चालकलाई ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-२४ , समय : ०७:१५:४२ , 21 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित