सप्तरीको बरमझियामा समान्य बर्षामा पनि हिलाेमय सडक : सम्बन्धित निकाय बेखबर
मिति: २०२६-०७-१९ , समय : २१:४९:४३ , निकेश शाह
मिति: २०२६-०७-१९ , समय : २१:४९:४३ , निकेश शाह
तस्बिर : निकेश शाह / गामघर टिभि
निकेश शाह
बरमझिया । सप्तरीको कंचनरुप नगरपालिका वडा नं.२ बरमझिया अन्तर्गतका भित्री सडकहरू वर्षायाममा अत्यन्त जीर्ण, हिलो तथा पानी जम्ने अवस्थाले दैनिक आवतजावत अत्यन्त कष्टकर बनेको छ। यसबाट विद्यालय जाने विद्यार्थी, ज्येष्ठ नागरिक, गर्भवती महिला, बिरामी तथा सर्वसाधारण नागरिकले दैनिक रूपमा ठूलो सास्ती भोग्नुपरेको छ। 
प्रत्येक आर्थिक वर्षमा सडक मर्मत–समारोका लागि बजेट विनियोजन हुने जानकारी हुँदाहुँदै पनि उक्त बजेट समयमै कार्यान्वयन नहुँदा सडकको अवस्था झन् बिग्रँदै गएको देखिन्छ। यसले सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमाथि पनि प्रश्न उठाएको छ।संलग्न फोटोहरूले सडकको वास्तविक अवस्था स्पष्ट रूपमा देखाउँछन्। यस विषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै निम्न मागहरू प्रस्तुत गर्दछौं:
१. सडकको तत्काल निरीक्षण गरी आवश्यक मर्मत–समाहरोको कार्य शीघ्र सुरु गरियोस्।
२. विनियोजित बजेट समयमै कार्यान्वयन गरी सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाइयोस्।
३. पानी जम्ने समस्या समाधानका लागि उचित नाला तथा निकास व्यवस्थापन गरियोस्। 
४. आगामी वर्षहरूमा दीर्घकालीन समाधानका लागि सडक स्तरोन्नति तथा कालोपत्रे/ढलानको योजना समावेश गरियोस्।
५. मर्मत तथा निर्माण कार्यको प्रगति र बजेट खर्च विवरण सार्वजनिक गरी पारदर्शिता कायम गरियोस्।
अन्त्यमा, यस गम्भीर सार्वजनिक समस्याको शीघ्र समाधानका लागि आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
प्रकाशित मिति: २०२६-०७-१९ , समय : २१:४९:४३ , 17 hours अगाडि