सवारी दुर्घटनामा परी सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी गम्भीर घाइते

मिति: २०२६-०८-०३ , समय : १८:१९:५७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
काठमाडौंको मीनभवनस्थित सिभिल अस्पताल अगाडिको सडकमा भएको सवारी दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी घाइते भएका छन्।

गाउँपालिकाको कामका सिलसिलामा काठमाडौं आएका चौधरी राइड-सेयरिङ सेवा याङ्गो मार्फत बल्खुतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। बागमती प्रदेश ०२-०६४ प ८६०१ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको र चालकले नियन्त्रण गुमाउँदा बा ७० प ४५६ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको अध्यक्ष चौधरीले बताएका छन्।

दुर्घटनामा बा ७० प ४५६ नम्बरको मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल कलंकी बस्दै आएका गणेश अर्याल पनि घाइते भएका छन्।

अध्यक्ष चौधरीको खुट्टामा गम्भीर चोट लागेको छ। उपचारपछि उनी डिस्चार्ज भएर काठमाडौंमै आराम गरिरहेका छन्। उनले दुर्घटनापछि हिँडडुल गर्नसमेत समस्या भइरहेको बताएका छन्।
यता, मोटरसाइकल चालक गणेश अर्याललाई सामान्य चोट लागेको छ भने उनको मोटरसाइकलमा पनि क्षति पुगेको छ। उपचारपछि उनी पनि डिस्चार्ज भइसकेका छन् । सप्तरी जागरण

प्रकाशित मिति: २०२६-०८-०३ , समय : १८:१९:५७ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित