सप्तरीबाट ब्राउन सुगर र गाँजासहित पक्राउ दुई युवक पक्राउ
मिति: २०२६-०८-०४ , समय : २०:३४:४२ , गामघर डेस्क
मिति: २०२६-०८-०४ , समय : २०:३४:४२ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी । सप्तरीबाट ब्राउन सुगर र गाँजासहित पक्राउ दुई जना युवक पक्राउ परेको छ ।
सप्तरीको खडक नगरपालिका वडा न. ४ पन्सेरा टोलबाट ब्राउन सुगरसहित एक युवकलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । पन्सेरा टोलका २८ बर्षीय राजेश कुमार चौधरीलाई ब्राउन सुगरसहित सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
चौधरीले आफ्नै घरमा ब्राउन सुगर विक्रीवितरण गरिरहेको अबस्थामा गोप्य सूचनाको आधारमा शनिबार घर आंगन खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार चौधरीले लगाएको पाइन्टको गोजीबाट ब्राउन सुगर जस्तो देखीने निलो पदार्थ ८ ग्राम चार सय मिलीग्रम फेला परेको बताउनु भयो । इलाका प्रहरी कार्यालय करोडबोनाबाट खटिएको प्रहरी टोलीले खानतलासीको क्रममा चौधरीको साथबाट नगद पाँच हजार चार सय, मोबाईल ३ थान र प्र.३–०२–०१२ प ३५६२ नम्बरको मोटरसाइकल समेत फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका चौधरीमाथि लागूऔषध कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट पाँचदिनको म्याद लिई अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिनु भयो ।
यस्तै सप्तरीको कञ्चनरुप नगरपालिकाबाट लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर जिल्लाको पैवादुबा गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय सागर राई छन् ।
उहाँलाई कञ्चनरूप नगरपालिका ७ बलुवा चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईको साथबाट ९ किलो ९ सय ३० ग्राम गाँजा बरामद गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०८-०४ , समय : २०:३४:४२ , 2 hours अगाडि