सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्ने तिन जना युवक पक्राउ
मिति: २०२६-०८-०४ , समय : २१:०९:५१ , गामघर डेस्क
मिति: २०२६-०८-०४ , समय : २१:०९:५१ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज ।
सप्तरी प्रशासनले सामाजिक सञ्जालमा उत्तेजिक भिडियो तथा भ्रामक सूचना सम्प्रेषण गर्ने तिन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शाखा अधिकृत सन्तोष रायको संयोजकत्वमा ज्वाइन्ट अपरेशन सेल गठन गरी यस्ता गतिविधी गर्नेमाथि निगरानी बढाएर पक्राउ गर्न थालेको जनाएको छ ।
निगरानी गर्ने क्रममा सामाजिक सञ्जालमा उत्तेजित सामग्री पोष्ट गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ भने पक्राउ परेका मध्ये दुई जनालाई सम्झाई बुझाई छाडिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिनु भयो ।
यसरी पक्राउ परेका तिरहुत गाउँपालिका वडा न. ४ डिमनका २३ बर्षीय जफिर मियाँ र रुपनी गाउँपालिका वडा न. १ का ३९ बर्षीय मुकेश यादवलाई सम्झाई बुझाई छाडिएको छ ।
यस्तै, राजविराज नगरपालिका वडा न.६ का २० बर्षीय छोटु कुमार मेस्तरलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
जिल्ला प्रशासन कार्यालयका अनुसार सामाजिक सञ्जालमा उत्तेजित सामग्री पोष्ट गर्ने १० जना भेटिएको जनाएको छ ।
छिन्नमस्ता गाउँपालिका ३ का आनन्द चौधरी, हनुमाननगर कंकालिनी नगरपालिका १४ का रामकुमार महतो, राजविराज नगरपालिका ६ का २८ बर्षीय विशाल चौधरी, राजविराज २ स्थित राजदेवी ड्राइभिङ सेन्टरका सञ्चालक ३५ बर्षीय आशिष यादव, सुरुङा नगरपालिका १० कदमाहाका दिनेश कुमार यादव छन् ।उहाँहरुले पोष्ट गरेको सामग्री हटाउन लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, विदेशमा रहेका व्यक्तिहरु पनि उत्तेजित सामग्री पोष्ट गर्ने गरेको पाइएको छ । राजविराज नगरपालिका ७ घर भई टर्कीमा रहेका सिनु साह र सुनसरीको हरिनगर गाउँपालिका ६ घर भई कतारमा रहेका २८ बर्षीय असिम अन्सारी पनि उत्तेजित सामग्री पोष्ट गरेको पाइएको छ ।
प्रकाशित मिति: २०२६-०८-०४ , समय : २१:०९:५१ , 2 hours अगाडि