गाँजा तस्करीको हव बन्दै सप्तरी : झण्डै १ सय ९० किलो गाँजा बरामद
मिति: २०२६-०८-०८ , समय : २१:०४:०८ , गामघर डेस्क
मिति: २०२६-०८-०८ , समय : २१:०४:०८ , गामघर डेस्क
तस्बिर : सशस्त्र प्रहरीकाे सहयोगमा
गामघर डेस्क
सप्तरी ।
पछिल्लोपटक गाँजा तस्करीको हव बन्दै गएको छ ,सप्तरी जिल्ला । साेहि क्रममा सप्तरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी बनैनिया र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार राजगढ गाउँपालिका–१ स्थित कजरा नहर छेउमा सिमलीको झ्याङबाट लागु औषध गाँजा बरामद गरेको हो।
प्रहरी टोलीले शंकास्पद अवस्थामा लुकाइराखिएको ५ बोरामा कुल १ सय ९० किलो ५ सय २० ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज धिमिरेले जानकारी दिनु भयो ।
गाँजा कसले र कुन प्रयोजनका लागि उक्त स्थानमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
प्रकाशित मिति: २०२६-०८-०८ , समय : २१:०४:०८ , 1 hour अगाडि