सप्तरीकाे कोशी पलारबाट झण्डै तीन क्वीन्टल गाँजासहित एक जना पक्राउ

मिति: २०२६-०८-०९ , समय : ०८:००:५१ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.८ स्थित जाेगिनियाबाट प्रहरीले ३ सय २ किलो ४ सय ८० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जोगिनिया स्थित कोशी बाँधको पलारमा सरकारी खाली जग्गामा लगाइएको सनपाट खेतबारीबाट प्रहरीले शनिबार लागूऔषध गाँजा बरामद गरेको हो ।
भारत विहारका नन्दकिशोर मुखियाले लगाएको सनपाट खेतबारीमा खानतलासी गर्दा १२ बोरा गाँजा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–७, मुखिया टोल का ५३ वर्षीया माधुरी मुखियाको रहेको खुलेपछि उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज धिमिरेका अनुसार बरामद गरिएको गाँजाको तौल गर्दा कुल ३०२ किलो ४८० ग्राम रहेको जानकारी दिनु भयो । उहाँले मुखियालाई नियन्त्रणमा लिई गाँजा सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०८-०९ , समय : ०८:००:५१ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित