कस्तो कानुन : तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणका सबै अभियुक्तहरू रिहा
मिति: २०२६-०९-११ , समय : ०७:२४:०७ , गामघर डेस्क
मिति: २०२६-०९-११ , समय : ०७:२४:०७ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाडौँ । मधेस प्रदेशको बारा जिल्ला अदालतले तीन वर्षीया बालिकाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा मुख्य प्रतिवादी प्रोग्रेस चौधरी भन्ने पुरगेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ।न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार मुख्य प्रतिवादी प्रोग्रेस चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ७२ बमोजिम २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत दिन आदेश दिएको हो।
तोकिएको धरौटी वा जमानत दिन नसकेमा कानुन बमोजिम थुनामा राख्नका लागि वीरगन्ज, पर्सास्थित कारागार कार्यालयमा पठाउन निर्देश गरिएको छ।
त्यसैगरी, यस मुद्दामा अभियोग लगाइएका अन्य प्रतिवादीहरू इन्द्रजित चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नवीन विक, टेकबहादुर थापा मगर, शेष हसमुदिन आलम, सबिता चौधरी र विन्दु देवी चौधरीको हकमा भने अभियोग दाबी पुष्टि गर्ने पर्याप्त प्रमाण तत्काल प्राप्त मिसिलमा संलग्न नरहेको ठहर गरिएको छ। उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम तारेखमा राखी पुर्पक्ष गर्न तथा दफा ७९ बमोजिम आदेश दिइएको छ।गत २०८३ साल साउन ३१ गते बिहान ३ वर्षीया बालिका खेलिरहेको अवस्थामा हराएकी थिइन्।खोजतलास गर्दा भदौ २ गते दिउँसो जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ भक्तिनगर टोलस्थित वीरबहादुर रोक्काको खाली घरभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।मुख्य प्रतिवादी प्रोग्रेस चौधरीले विद्युतीय लाइन जडान गर्ने बहानामा बालिकालाई आफ्नो खालि घरमा लगेर जबरजस्ती करणी गरी क्रुरतापूर्वक हत्या गरेको जाहेरीमा उल्लेख छ।अदालतले यस मुद्दामा फरार रहेका प्रतिवादीहरूको नाममा कानुनबमोजिम म्याद जारी गरी नियमानुसार पेस गर्न आदेश दिएको छ।
प्रकाशित मिति: २०२६-०९-११ , समय : ०७:२४:०७ , 1 hour अगाडि