मधेस कृषि विश्वविद्यालयको सातौं सभा : बजेट अभावले विश्वविद्यालयको पूर्वाधार निर्माणको काम सुस्त गतिमा
मिति: २०२६-०९-१९ , समय : ०६:५१:३४ , गामघर डेस्क
मिति: २०२६-०९-१९ , समय : ०६:५१:३४ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
सप्तरी ।
मधेस कृषि विश्वविद्यालयको विश्वविद्यालय सभाको सातौं बैठक राजविराजमा शुक्रबार सम्पन्न भएको छ । मधेस प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्री तथा विश्वविद्यालयको सहकुलपति मनोज कुमार सिंहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
विश्वविद्यालय सभामा मधेस विश्वविद्यालयका उपकुलपति डा. बैधनाथ महतोले विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
विश्वविद्यालयका रजिस्ट्रार डा. श्री भगवान ठाकुरले गत वर्षको आयव्यय तथा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामा १२ वटा प्रस्तावहरु माथि विस्तृत छलफल तथा सहजीकरण रजिष्टार डा. ठाकुरले गर्नु भएको थियो ।
सभामा प्रस्तुत भएका प्रस्तावहरू मध्ये भौतिक तथा वित्तीय पद्धति र यस वर्षको बजेट तथा कार्यक्रम पारित गरिएको जनाइएको छ । बिश्वविद्यालय निर्माणमा बजेटको अभावले निर्माण कार्य अवरोध हुने भएकोले यस निर्माण कार्यको गति दिनको लागि विशेष पहल गर्ने छलफल भएको रजिस्ट्रार डा. ठाकुरले बताउनु भयो ।
विश्वविद्यालयका सहकुलपती मन्त्री सिंहले निर्माणाधीन भवनको अवलोकन तथा निरीक्षण समेत गरेका थिए । बजेट अभावले विश्वविद्यालयको पूर्वाधार निर्माणको क्रममा गति सुस्त रहेको महसुस गर्दै मन्त्री सिंहले यसका लागि शिक्षा तथा संस्कृति मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई बजेटको व्यवस्था गर्न आग्रह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । विश्वविद्यालयका सभाका सदस्यहरु तथा मधेस विश्वविद्यालयका उपकुलपति डा. बैधनाथ महतोले विश्वविद्यालयको सभामा उपस्थित अध्यक्ष लगायत सदस्यहरूलाई स्वागत तथा सम्मान गरेका थिए ।
सभामा मधेस प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.संजयकुमार यादव, विश्वविद्यालयका सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२६-०९-१९ , समय : ०६:५१:३४ , 4 hours अगाडि