सप्तरी उद्योग वाणिज्य संघको १२ औं साधारण सभाको उद्घघाटन
मिति: २०२६-०९-२० , समय : ०७:१९:२७ , गामघर डेस्क
मिति: २०२६-०९-२० , समय : ०७:१९:२७ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
सप्तरी ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले यहाँको समायुनुकुल व्यवसाय बनाउन सीमा नाकामा कडाई गर्नु पर्ने बताएका छन् ।
सप्तरी उद्योग वाणिज्य संघको १२ औं साधारण सभालाई शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताएका हुन् । उहाँले जहाँ जहाँको सीमा नाकामा कडाई भयो त्यहाँका व्यवसायी सफलता हासिल गरेको बताउनु भयो । 
सीमा नाकामा कडाई नभएको ठाउँका व्यापारीको अबस्था दिन प्रतिदिन दैनिय बन्दै गएको बताउँदै उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिनु भयो ।
उहाँले भन्नु भयो , ‘सीमा नाकामा कडाई नहुँदा ब्यपार ,व्यवसाय धारासाही भएर घर बारमा धमिरा लागेर भग्नाशेषमा परिणत भएको छ, भने पारीको ब्यापार,ब्यवसाय दिन दुगानी भएर ठुलठुल्ला गगनचुम्बी महलमा परिणत भएको बताउनु भयो । 
राष्ट्र बैंकको नीति,नियमले यहाँका ब्यवसायी,व्यापारीहरु पीडित भईरहेको बताउनु हुदै बैद्यले पुराना ऐन, कानुन परिवर्तन नभएसम्म मुलुकका व्यापार, व्यवसाय अगाडि बढन नसक्ने बताउनु भयो ।
उहाँले नेपाल सरकारले ब्यापारी,व्यवसायीको समस्या समाधान नगरे सम्म हामीले आवाज उठाउनु आवश्यक रहेको बताउनु भयो ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालको अध्यक्षतामा उद्घाटन कार्यक्रममा राजविराज नगरपालिकाका का.बा.नगर प्रमुख इसरत परविन, पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव लगायतले संघको १२ औं साधारण सभाको सफलता शुभकामना दिनु भएको थियो ।
प्रकाशित मिति: २०२६-०९-२० , समय : ०७:१९:२७ , 54 minutes अगाडि