सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालु प्रसाद अग्रबालको एकल उम्मेदवारी
मिति: २०२६-०९-२१ , समय : २१:४५:२७ , गामघर डेस्क
मिति: २०२६-०९-२१ , समय : २१:४५:२७ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सप्तरी ।
सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सोमवार उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका लागि एक जनाले मात्रै उम्मेदवारी दिएका छन् ।
निबर्तमान अध्यक्ष लालु प्रसाद अग्रवालले अध्यक्ष पदमा एकल उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि ५१ हजार तथा पदाधिकारीहरुको उम्मेदवारी शुल्क ३५ हजार र सदस्यहरुको उम्मेदवारी शुल्क २१ हजार तोकिएको निर्वाचन समितिले जनाएको छ । 
उम्मेदवारी दर्ता भएकामध्ये वाणिज्य उपाध्यक्ष र महासचिव पदमा दुई/दुई जनाले उम्मेदवारी दिँदा अन्य पदमा एक÷एक जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।
वाणिज्य उपाध्यक्षमा अमृत कुमार सञ्चेती र रामअशिष प्रसाद साहले उम्मेदवारी दिएको छ ।
महासचिवमा भोगेन्द्र मिश्र र सुरेन्द्र प्रसाद साहले उम्मेदवारी दिएको निर्वाचन समितिका संयोजक सतिश दत्तले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
सचिवमा सुृरेन्द्र बिमल, कोषाधयक्षमा प्रमोद काबरा, सह कोषाध्यक्षमा निर्मल कुमार मुन्धडाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी परेकाको दाबी विरोध एवं उम्मेदवारी फिर्ताको समय मगलवारका लागि तोकिएको छ । उम्मेदवारी फिर्ता नलिए तथा दाबी विरोध नआए एकल उम्मेदवारलाई सर्वसम्मत घोषणा गरिने संयोजक दत्तले जानकारी दिनु भयो ।
सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि असोज १० गते निर्वाचन हुने निर्वाचन समितिका संयोजक दत्तले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२६-०९-२१ , समय : २१:४५:२७ , 53 minutes अगाडि