छापा माध्यमहरुले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती खारेजीको माग
मिति: २०२६-०९-२२ , समय : २०:४७:४७ , गामघर डेस्क
मिति: २०२६-०९-२२ , समय : २०:४७:४७ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार विरुद्ध देशभरमा पत्रकार आन्दोलित भएका छन् । लोककल्याणकारी विज्ञापनमा कटौतीेको विरोधमा मुलुक भरीका जिल्ला हुलाक कार्यालयमा मंगलबार नेपाल महासंघ महासंघ जिल्ला शाखाहरुद्वारा ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा पत्रकारहरले सप्तरी जिल्ला हुलाक कार्यालयका प्रमुख पुरुषोतम साहलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा कल्याणकारी विज्ञापन बापतको बिल नबुझ्न आग्रह गरिएको छ ।
सरकारले छापा माध्यमहरुले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनमा भारी कटौती हुने गरि कार्यविधि संशोधन गर्दै लागू गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको महासंघद्वारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
संघीय सरकारबाट पारित भइ बजेट कार्यान्वयनमा आईसकेको अवस्थामा बजेटमा व्यवस्था गरिएको रकमसंग बाझिने गरि सरकारले कार्य विधि ल्याएको ज्ञापनपत्रमा उल्लेख गरिएकोले संचार माध्यमप्रति सरकारको बकदृष्टि रहेको जनाएको छ ।
सरकारको विभेदकारी कार्यविधि खरेजी विरुद्ध पत्रकार महासंघ आन्दोलनमा होमिएको अवस्थामा विज्ञापन बोर्डले विल बुझ्ने कार्य जारी राखेकोले उक्त कार्य रोक्न ज्ञापनपत्रमा माग गरिएको छ ।
सरकारले हालै ल्याएको कार्यविधि खारेजी नभएसम्म बिल नबुझ्न र माथिल्लो निकायमा जानकारी पठाइदिन अनुरोध गरिएको ज्ञापनपत्रमा महासंघले गरेको आग्रहलाई बेवास्ता गरिए थप सशक्त आन्दोलन उत्रीने चेतावनी समेत दिइएको छ ।
प्रकाशित मिति: २०२६-०९-२२ , समय : २०:४७:४७ , 49 minutes अगाडि