सप्तरीको कञ्चनरुपमा ५ वर्षमुनिका बालबालिकाका लागि बृहत् पोषण लेखाजोखा कार्यक्रम सञ्चालन हुने

मिति: २०२६-०९-२२ , समय : २०:५६:१८ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

कञ्चनपुर । सप्तरीको कञ्चनरुप नगरपालिकामा बालबालिकाको पोषण अवस्था पहिचान तथा कुपोषणको वास्तविक अवस्था पत्ता लगाउने उद्देश्यले बृहत् पोषण लेखाजोखा कार्यक्रम सञ्चालन हुने भएको छ।

“स्वस्थ बालबालिका, समृद्ध समाज निर्माणको आधार—पोषणमा सबैको सहकार्य र सहभागिता आवश्यक।” भन्ने मुल उदेश्यका साथ जनचेतना अभियान नेपाल (JCAN) को प्राविधिक सहयोग तथा केयर नेपाल (CARE Nepal) को आर्थिक सहयोगमा आगामी २०८३ असोज ७ गतेदेखि कञ्चनरुप नगरपालिकाका साबिकका सबै वडामा कार्यक्रम सञ्चालन गरिने भएको हो।

कार्यक्रमअन्तर्गत ५ वर्षमुनिका सबै बालबालिकाको पोषण अवस्थाको लेखाजोखा गरिनेछ। साथै गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थासमेत पहिचान गरिने जनाइएको छ।

कञ्चनरुप नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामसेवक यादवले पोषण लेखाजोखा कार्यक्रममार्फत बालबालिकाको पोषण अवस्था पहिचान गरी आवश्यक परामर्श तथा उपचार व्यवस्थापनमा सहयोग पुग्ने जानकारी दिनुभयो।

उहाँले सम्बन्धित वडाका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई आफ्नो वडामा तोकिएको स्थान, मिति र समयमा उपस्थित भई पोषण लेखाजोखा कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।

प्रकाशित मिति: २०२६-०९-२२ , समय : २०:५६:१८ , 60 minutes अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित