सप्तरीको राजविराजकाे गजेन्द्रनारायण सिह अस्पतालका डाक्टरमाथि हातपात र ज्यान मार्ने धम्की
मिति: २०२६-०९-२२ , समय : २१:०५:२२ , गामघर डेस्क
मिति: २०२६-०९-२२ , समय : २१:०५:२२ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका डाक्टरहरुमाथि हातपात र ज्यान मार्ने धम्की आएको भन्दै अस्पताल प्रशासनसँग सुरक्षाको माग गरेका छन् ।
उहाँहरूले सोमबार अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्टलाई लिखित निवेदन दिँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन् ।
निवेदनमा असोज २ गते राति ९ बजेदेखि १० बजेको बीचमा राजविराज ८ स्थित ’ग्रीन गार्डेन रिसोर्ट एन्ड पार्टी प्यालेस’मा खाना खाइरहेको समयमा अम्मर यादव नेतृत्वमा आएका समुहले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रन्जीत कुमार झालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको बताइएको छ ।
त्यसै गरी अस्पतालका प्रशासन शाखाका कर्मचारी नारायण कुमार यादव नेतृत्वका समुहमा अम्मर यादव, विट्टु यादव र दिनेश मण्डलले आफूहरूमाथि हात गर्ने (कुटपिट गर्ने) कार्य गरेको डाक्टरहरूले निवेदनमा उल्लेख गरेका छन् ।
पिडित डाक्टरहरूले अस्पतालमा नियमित सेवा प्रदान गर्नका लागि उचित सुरक्षाको व्यवस्था मिलाउन सम्बन्धित निकायसंग माग गरेका छन् । 
यस्तै सो घटनामा संलग्न र ल्याब इन्चार्जलाई समेत छानबिनको दायरामा ल्याई कानून बमोजिम कारबाही गर्न उहाँहरूले आग्रह गरेका छन् ।
सुरक्षा र कारबाहीको माग गर्दै दिइएको उक्त निवेदनमा कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सरोज कुमार राय, कन्सल्टेन्ट अर्थोपेडिक डा. प्रनेश यादव र डा. रुपेश यादव, कन्सल्टेन्ट सर्जन डा. शम्भु यादव र डा. कौशल मण्डल, कन्सल्टेन्ट गाइनेकोलोजिस्ट डा. निसिकान्त यादव, डेन्टल सर्जन डा. महेन्द्र मण्डल, डा. धिरज गुप्ता र एनेस्थेसियोलोजिस्ट डा. प्रितम मण्डल विशेषज्ञ डाक्टरहरूले हस्ताक्षर गरेका छन् ।
यता अस्पतालका निमित्त मेसु झाले घटना भएको दिन आफू कामले काठमाडौं आएको समयमा मलाई मुछेर मेरो नाममा गालीगलौज तथा धाकधम्की दिएको भन्ने कुरा आएको बताउनु भयो । उहाँले बुधबार राजविराज पुगेपछि त्यस विषयमा छानबिन गर्ने बताउनु भयो ।
प्रकाशित मिति: २०२६-०९-२२ , समय : २१:०५:२२ , 48 minutes अगाडि