कोशी ब्यारेजमा पानीको बहाव २ लाख भन्दा बढी क्युसेक प्रतिसेकेन्ड : कोशी तटीय क्षेत्रमा सतर्क रहन आग्रह
मिति: २०२६-०९-२६ , समय : १९:२९:५८ , गामघर डेस्क
मिति: २०२६-०९-२६ , समय : १९:२९:५८ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
सप्तरी ।
सप्तकोशी नदीमा पानीको बहाव कम भए पनि जलसतह कायम रहेकाले कोशी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ।
कोशी ब्यारेजमा बेलुका ५ वजे मापन गरेको पानीको बहाव २ लाख ९० हजार ३७० क्युसेक रहेको छ। यसअघि पानीको बहाव तीन लाख ३ हजार ७९५ क्युसेक मापन गरिएको थियो। पछिल्लो मापनमा बहाव १३ हजार ४२५ क्युसेकले घटेको हो।
कोशी ब्यारेजको जलसतह अझै अत्यधिक जोखिमको अवस्थामा रहेको छ। कोशी ब्यारेजका ४० वटा ढोका खोलिएकामा अहिले ३८ वटा ढोका खोलिएका छन्। पानीको बहाव घटेसँगै पाँचवटा ढोका बन्द गरिएको जनाइएको छ। 
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सप्तकोशीमा पानीको बहाव धटदो अबस्थामा रहे पनि तटीय भेगका बासिन्दाले अझै सावधानी अपनाउनुपर्ने बताउनुभयो। सप्तकोशीमा पानीको बहाव घटे पनि जोखिम कायमै रहेकोले तटीय भेगमा बसोबास गर्ने नागरिकलाई नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।
प्रकाशित मिति: २०२६-०९-२६ , समय : १९:२९:५८ , 3 hours अगाडि