बाढीकाे पुर्व तयारी : जलसतह बढेसँगै सप्तरीमा सशस्त्र प्रहरी उद्धारका लागि तयार

मिति: २०२६-०९-२७ , समय : १८:११:४७ , गामघर डेस्क

तस्बिर : सशस्त्र प्रहरीकाे सहयोगमा

गामघर डेस्क

सप्तरी ।
सप्तकोशी नदीको जलसतह बढे पछि सप्तरीमा सशस्त्र प्रहरी उद्धारका लागि तयारी अवस्थामा रहेको छ ।
सप्तकोशी तटीय क्षेत्रमा नदीको जलसतह बढेपछि सम्भावित विपद् तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीले उद्धार टोलीलाई तयारी अवस्थामा राखेको हो ।
सप्तकोशी नदी आसपासका बासिन्दा उच्च जोखिममा रहेकाले आवश्यक परे तत्काल उद्धार तथा राहत परिचालन हुने गरी सशस्त्र प्रहरी बल, नेपाल बीओपी को. बरसाइनको टोली तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक नवीन सिंह राईले जानकारी दिनु भयो ।
उहाँका अनुसार नदीको अवस्था निरन्तर निगरानीमा राखेर सम्भावित विपद्का बेला स्थानीय बासिन्दाको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिनु भयो . सप्तकोशी नदीको तटीय क्षेत्रसहित अन्य बाढी प्रभावित क्षेत्रमा डीएमटी म्यानेजमेन्ट टिमका ३२ जनासहित ५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइएको सशस्त्र प्रहरी उपरीक्षक राईले जानकारी दिनु भयो । उहाँका अनुसार उद्धारका लागि दुई ¥याप बोट र ३ मोटर बोट गरी ५ वटा बोट तयारी अवस्थामा रहेको बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०९-२७ , समय : १८:११:४७ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित