फलाेअप समाचार : लगातारको बर्षाले सप्तकोशीको बाढी बस्ती पस्दा सयौ घर परिवार प्रभावित
मिति: २०२६-०९-२७ , समय : १८:२१:०० , गामघर डेस्क
मिति: २०२६-०९-२७ , समय : १८:२१:०० , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सप्तरी । सप्तकोशी नदीमा आएको बाढी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाडी कोइलाडीमा सप्तकोशी तटीय बस्तीमा पस्दा सयौ धर परिवार प्रभावित भएका छन् । आइतबार बिहानसम्म नगरपालिकाका चार वटा वडाका बस्तीमा बाढी पसेको नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोशी नदीको पश्चिमी तटीय क्षेत्रअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–५, ७, १२ र १३ का बासिन्दाको धरमा बाढी पस्दा पबाट धेरै प्रभावित भएका छन् । कोशी नदीको बिचँच सय धर परिवार प्रभावित भएको छ । नगरपालिकाको वडा नं. १३ गोबरगाढा बस्ती पूर्ण रूपमा डुबानमा परेको नगरप्रमुख माझीले बताउनुभयो । 
घर, आँगन र बस्तीमा पानी पसेपछि प्रभावित परिवारलाई सुरक्षित तथा अग्लो स्थानमा पाल टाँगेर राखिएको छ । बाढीका कारण घरमा बाढी पसेपछि नगरपालिकाले शनिबारदेखि प्रभावित परिवारका लागि निःशुल्क खाना खुवाउन मेसको व्यवस्था गरिएको छ ।
शनिबार मात्रै करिब एक हजार जनाले उक्त मेसबाट खाना खाएका थिए । आइतबार पनि मेस सञ्चालनमा रहेको नगरप्रमुख माझीले बताउनुभयो । 
बाढीका कारण वडा नं. ७ मा दुई र वडा नं. १२ मा दुई गरी चार परिवारको घर भत्किएको नगरपालिकाले जनाएको छ । घर भत्किएपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा समेत सप्तकोशी नदीको बाढी पसेको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार उक्त वडाका करिब १५ घरपरिवार प्रभावित भएका छन् । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । 
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार सप्तकोशी नदीको बहाव निरन्तर घट्दै गएको छ । आइतबार बिहान नदीमा दुई लाख ३४ हजार क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजका २८ वटा ढोका खुला राखिएका छन् ।
प्रकाशित मिति: २०२६-०९-२७ , समय : १८:२१:०० , 2 hours अगाडि