बाढी/पहिरोमा परी ४ दिनमा २७ जनाको मृत्यु : एक हजार ८२ परिवार प्रभावित
मिति: २०२६-०९-२९ , समय : ११:१८:३७ , गामघर डेस्क
मिति: २०२६-०९-२९ , समय : ११:१८:३७ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाण्डौ । गएको आठ गतेदेखि ११ गतेआइतबारसम्म परेको ठूलो वर्षाबाट २७ जनाले ज्यान गुमाएका छन् ।
यो ४ दिनको अवधिमा पहिरोका ३०४ वटा र बाढीका ८७ वटा घटना भएका विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदनअनुसार पहिरोबाट ११ पुरुष र ९ महिला तथा बाढी र ठूलो वर्षाबाट ४ पुरुष र ३ जना महिलाले ज्यान गुमाएका छन् ।
त्यस्तै ४ जनाको अवस्था थाहा हुन सकेको छैन । ८ जना घाइते भएका छन् । एक हजार ८२ परिवार प्रभावित भएका छन् । दुई सय २७ घर पूर्ण अनि एक सय ४२ घरमा आंशिक क्षति भएको छ । १० वटा पुल, ३१ वटा गोठ र ११४ पशुचौपाया क्षति भएका प्राधिकरणको तथ्याङ्क छ । बाढी/पहिरो प्रभावित क्षेत्रका झण्डै २ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्त्ररण गरिएको थियो ।

प्रकाशित मिति: २०२६-०९-२९ , समय : ११:१८:३७ , 1 hour अगाडि