सप्तरीका लालीगुराँस बाल क्लबद्वारा बाढी पीडितलाई आर्थिक सहयोग
मिति: २०२६-१०-०१ , समय : १०:२९:५१ , गामघर डेस्क
मिति: २०२६-१०-०१ , समय : १०:२९:५१ , गामघर डेस्क
तस्बिर : अजय परियारको सहयोगमा
गामघर डेस्क
सप्तरी । सप्तरीको लालीगुराँस सेकेन्डरी स्कुलका लालीगुराँस बाल क्लबले बाढीबाट प्रभावित पीडित परिवारका लागि आर्थिक सहयोग गरेको छ। बाढीका कारण समस्यामा परेका परिवारलाई राहत पुर्याउने उद्देश्यले क्लबले सहयोग रकम संकलन गरी पीडितहरूलाई उपलब्ध गराएको हो। 
बाल क्लबका पदाधिकारी, सदस्य तथा विद्यालय परिवारको सहभागितामा सञ्चालन गरिएको सहयोग संकलन अभियानबाट रकम जुटाइएको थियो। संकलित रकम बाढी पीडितहरूको लागि प्रधानमन्त्री दैवीप्रकोप कोषमा मार्फत सहयोग गरिएको क्लबको सचिव शिवानी कुमारी साहले बताइन ।

विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस कार्यले बालबालिकामा मानवीय भावना, सामाजिक उत्तरदायित्व र सहयोगी संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
क्लबले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने क्लबका संयोजक तथा प्राध्यापक दिनेश कुमार साहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२६-१०-०१ , समय : १०:२९:५१ , 2 hours अगाडि