सप्तरीको छिन्नमस्ता गाउँपालिकाकाे सखडामा रहेको सौभाग्यको १३ औं साधारणसभा
मिति: २०२६-१०-०३ , समय : २१:०५:०५ , गामघर डेस्क
मिति: २०२६-१०-०३ , समय : २१:०५:०५ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / छिन्नमस्ता
गामघर डेस्क
छिन्नमस्ता ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न. ३ स्थित सखडामा सौभाग्य कृषि सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सप्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमोद कुमार मल्लिकको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाका प्रमुख संजय कुमार महतोको प्रमुख आतिथ्यमा शनिबार एक कार्यक्रम वीच साधारणसभा सम्पन्न भएको हो ।
प्रमुख अतिथि महतोले सहकारीले छोटो अवधिमा वित्तीय, साँगठनिक, भौतिक पूर्वाधार लगायतको क्षेत्रमा गरेको प्रगति बारे आफनो विचार व्यक्त गर्नु भयो ।साधारणसभामा अध्यक्षीय प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मल्लिकले संस्थाले कृषि क्षेत्रमा लगानी गरि सदस्यहरुलाई प्रोत्साहन गरेको जानकारी दिनु भयो । किसानलाई आवश्यक मल,विउ, कृषि उपकरण वितरण, कर्मचारीहरुलाई वित्तीय अनुशिक्षण, दैवीप्रकोप पीडितहरुलाई सहयोग पु¥याउने गरेको अध्यक्ष मल्लिकले प्रतिबेदनमा उल्लेख गरेका छन ।
साधारणसभामा लेखा सुपरिवेक्षण समिति संयोजक राम प्रसाद सुतिहारले आव २०८३÷०८४ को एघार करोड २६ लाख, ६६ हजार २ सय ७७ रुपैयाँ बराबरको कारोबारसहितको आयव्यय प्रस्तुत गर्नु भयो ।
संयोजक सुतिहारद्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाको कुल बार्षिक आम्दानी १ करोड १६ लाख ४२ हजार २ सय २६, खर्च ८९ लाख १९ हजार ४ सय ८ र बार्षिक खुद नाफा २७ लाख २२ हजार ८ सय १८ कमाउने गरेको उल्लेख छ । जसमध्ये शेयर सदस्यहरुलाई १४. १८ प्रतिशत लाभान्स दिने गरेको बताइएको छ ।
प्रस्तुत प्रतिवेदनमा शेयरमूल्य पुंजी रु ७५ लाख १ हजार ५ सय जसमा गत बर्षको तुलनमा २६ .५२ प्रतिशतले शेयर वृद्धि,, कोष ५४ लाख ९६ हजार ४ सय ३६ कायम रहेको तथा गत बर्षको तुलनामा ७०.४६ प्रतिशतले वृद्धिभएको, बचत निपेक्ष ६ करोड ८५ लाख ५४ हजार ८ सय ४७ गत बर्षको तुलनामा ४६.५२ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
यसैगरी बह्य कर्जा २ करोड ७० लाख ७५ हजार ७ सय ५९ कायम रहेको र गतबर्षको तुलनामा ६४.६६ प्रतिशतले वृद्धि गरि ७ प्रतिशत सहुलियत व्याजदरमा उत्पादनशील क्षेत्रमा लगानी गरि ७९ प्रतिशत विभिन्न शिर्षकमा आधारित परियोजना कर्जा र २१ प्रतिशत लघु कर्जा गरि कुल ८ करोड, ७९ लाख १५ हजार ७ सय २५ रुपैया लगानी गरिएको यो गतबर्षको तुलनामा ६१.८३ प्रतिशतले वृद्धि गरिएको प्रस्तुत लेखा परिक्ष्ण प्रतिबेदनमा उल्लेख छ ।
संस्थाको तर्फबाट संयोजक सुतिहारले आगामी बर्ष २०८४÷०८५ को रु १३ लाख ७३ लाख,८२ हजारको बजेट नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेका छन ।
उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैक लिमिटेड राजविराजका कर्जा शाखा प्रमुख आनन्द कुमार झा,छिन्नमस्ता गाउँपालिका सहकारी प्रमुख सन्तोष राय,जिल्ला सहकारी संघ सप्तरीका व्यपस्थापक रमेश गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२६-१०-०३ , समय : २१:०५:०५ , 2 hours अगाडि