मधेस प्रदेश : उपेन्द्र यादवले बारा २ मा मनोनयन दर्ता गराए

मिति: २०२३-०४-०३ , समय : १५:१५:०३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशकाे बारा २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको उनले बताए ।

यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १५:१५:०३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित